February 27, 2024

लोकतान्त्रिक–वाम गठबन्धनले मात्रै देशलाई प्रगतिको पथमा लैजाने: नेता प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतान्त्रिक–वाम गठबन्धनले मात्रै देशलाई प्रगतिको पथमा लैजाने बताउनुभएको छ । गणेशमान सिंहको १०८ औं जन्मजयन्तीको अवसरमा काठमाडौं महानगरपालिका–१० जोगीकुटीस्थित सुवर्ण पार्कमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाले अहिले गठबन्धनको आवश्यकता मुलुकमा रहेको भन्दै गठबन्धनले मात्रै देशलाई प्रगतिको पथमा लैजाने बताउनुभएको हो । गणेशमान सिंहले वामपन्थीहरुलाई साथमा लिएर २०४६ सालको जनआन्दोलन सफल बनाएको उहाको भनाई छ । नेता सिंहले अहिले गणेशमान सिंहले सुरु गरेको कार्यगत एकता उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो । गणेशमान सिंहले नेपाली प्रजातान्त्रिक आन्दोलनका नायक बीपी कोइरालासँग मिलेर नेपाली कांग्रेस स्थापनासमेत गर्नुभएको थियो । सिंह नेपाली राजनीतिमा संघर्ष र इमान्दारिताका पर्याय मानिनुहुन्छ ।

राणा शासनको अन्त्य र प्रजातन्त्र बहालीका लागि सिंहको योगदानलाई अतुलनीय मानिन्छ ।

One thought on “लोकतान्त्रिक–वाम गठबन्धनले मात्रै देशलाई प्रगतिको पथमा लैजाने: नेता प्रकाशमान सिंह

Leave a Reply

Your email address will not be published. Required fields are marked *