December 5, 2023

वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन

संघीय संसदको संसदीय सुनुवाई समितिले न्याय परिषद् सदस्यमा प्रस्तावित वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।
समितिको शुक्रबार बसेको बैठकबाट श्रेष्ठको नाम सर्वसम्मतिबाट अनुमोदन भएको हो । नेपाल बार एसोसिएसनले न्याय परिषद्को सदस्यमा वरिष्ठ अधिवक्ता श्रेष्ठको नाम सिफारिस गरेको थियो । समितिले अनुमोदन गरेसँगै श्रेष्ठ ४ वर्षका लागि परिषद्को सदस्य बन्ने बाटो खुल्ला भएको छ । समितिको बैठकमा भएको छलफलपछि श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरिएको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

बैठकमा श्रेष्ठले चार बुँदे कार्ययोजना प्रस्तुत गर्दै न्यायपरिषदको काम र भूमिका पारदर्शी बनाउने बताउनुभयो । न्यायपालिकालाई स्वतन्त्र, निष्पक्ष, सक्षम र उत्तरदायी बनाउन पनि आफूले भूमिका खेल्ने उहाले बताउनुभयो ।
बारबाट सिफारिस भएका यसअघिका न्याय परिषद् सदस्य रामप्रसाद सिटौलाले गत असोजमा अवकाश पाएपछि बारका तर्फबाट प्रतिनिधित्व हुने सदस्यको पद रिक्त भएको थियो ।

One thought on “वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन

  1. I have been browsing on-line greater than 3 hours as of late, but I never discovered any interesting article like yours. It is beautiful worth sufficient for me. In my view, if all site owners and bloggers made excellent content as you did, the internet will likely be much more useful than ever before.

Leave a Reply

Your email address will not be published. Required fields are marked *