November 28, 2022

वर्तमान अवस्थामा वाम गठबन्धन हुने सम्भावना नरहेको: अध्यक्ष केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान अवस्थामा वाम गठबन्धन हुने सम्भावना नरहेको स्पष्ट पार्नुभएको छ । शुक्रबार बिराटनगर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनका लागि एमाले एक्लैले तयारी गरिरहेको भन्दै वाम गठबन्धन हुने सम्भावना नरहेको स्पष्ट पार्नुभएको हो । उहाले सरकारमा रहेका दलहरु वामपन्थी नरहेको टिप्पणी गर्नुभयो । ओलीले स्थानीय निर्वाचनमा सिटका हिसावले एमाले दोश्रो दल भएपनि लोकप्रिय मतका आधारमा एमाले नै पहिलो पार्टी भएको दावी गर्नुभयो । कुनै सिद्धान्त‚ विचारबीना नै ६ दलले एमालेलाई हराउन नै गठबन्धन गरेको उहाले बताउनुभयो ।

त्यस्तै उहाले अहिलेको सरकारले संविधानलाई तोडमरोड गरेको आरोप लगाउनुभयो । ओलीले आगामी निर्वाचनमा एमाले अध्याधिक बहुमतका आधारमा बिजयी हुने दावी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published.