August 1, 2021

वर्तमान सरकारले जनतालाई प्राथमिकतामा राखेर काम गरेको

Parbat Gurung - Wikipedia

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले वर्तमान सरकारले देश र जनतालाई प्राथमिकतामा राखेर काम गरेको बताउनुभएको छ ।सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालको २० औँ स्थापना दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित ‘सामुदायिक रेडियोः नीतिगत बहस’ विषयको अन्तत्र्रिmयामा मन्त्री गुरुङले यस्तो बताउनुभएको हो । उहाले माओवादीले दिएको समर्थन फिर्ता लिने बित्तिकै सरकार अल्पमतमा पर्ने भएपनि सरकारले जनता र देश केन्द्रीत कार्यलाई प्राथमिकतामा राखेको बताउनुभयो ।उहाले अहिले एमालेलाई सत्तामा रहदा जनताको काम गर्ने अवसर र प्रतिपक्षीमा रहनुपरेपनि संगठन निर्माणको अवसर मिल्ने जिकिर गर्नुभयो । त्यस्तै उहाले समुदायका निम्ति खोलिएका सामुदायिक रेडियो समुदायप्रति साँच्चिकै उत्तरदायी भए÷नभएको बारे समीक्षा गर्नुपर्ने जिकिर गर्नुभयो । उहाँले पछिल्लो समय सामुदायिक रेडियोका नाममा भएका विकृति हटाउनुपर्ने जनाउँदै सामुदायिक रेडियोमा प्रसारण हुने विषयवस्तुबारे पनि समीक्षा हुुुनुपर्नेमा जोड दिनुभयो ।

सांसद राधेश्याम अधिकारीले सामुदायिक रेडियो महिला, दलितलगायत सीमान्तकृत समुदायप्रति उत्तरदायी हुनुपर्ने बताउनुभयो । त्यस्तै सांसद रामनारायण बिडारीले सामुदायिक रेडियोमैत्री सञ्चारसम्बन्धी ऐन÷कानून बनाउन सरकारसमक्ष आग्रह गर्नुभयो । सामुदायिक रेडियोको हकहितका लागि छाता सङ्गठनका रुपमा २०५७ साल चैत ९ गते स्थापित अकोराब अहिले मुलुकका ७७ वटै जिल्लामा फैलिएको छ । संस्थाको सदस्यका रुपमा ३६० सामुदायिक रेडियो छन् ।

Leave a Reply

Your email address will not be published.