March 27, 2023

वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार पाण्डेले विश्वासको मत प्राप्त गर्नुभएको छ

Rajendra Pandey: Will contest poll for UML provincial parliamentary party  leader - OnlineKhabar English News

वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार पाण्डेले विश्वासको मत प्राप्त गर्नुभएको छ ।सोमबार बसेको प्रदेशसभा बैठकमा पाण्डेले आफ्नो पक्षमा ५९ मत प्राप्त गर्नुभएको थियो भने विपक्षमा ४३ मत खसेको थियो । १ सय ५ सदस्य सहभागी बैठकमा दुई सदस्य तटस्थ बसेका थिए । मतबिभाजन पछि सभामुख सानुकुमार श्रेष्ठले मुख्यमन्त्री पाण्डेले विश्वासको मत प्राप्त गरेको घोषणा गर्नुभएको थियो ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम कुनै पनि दलको बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका मितिले एक महिनामा सदनबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार पाण्डेले सोमबार विश्वासको मत लिनुभएको हो ।

Leave a Reply

Your email address will not be published.