July 28, 2021

वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको निधन

10-year-old girl found dead in Kolkata's New Alipore; probe on | Deccan  Herald

नेकपा (एमाले) का दिवंगत नेता तथा वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको निधन भएको छ ।कोरोना भाइरसको सङ्क्रमणबाट नेता चौलागाईंको निधन भएको हो । चौलागाईंको बुधबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । नेता चौलागाईंलाई अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न पशुपति आर्यघाटमा गृहमन्त्री रामबहादुर थापा, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, एमाले वाग्मती प्रदेश सङ्गठनका अध्यक्ष आनन्दप्रसाद पोखरेल, पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङ, वाग्मती प्रदेशसभाका सदस्य रचना खड्कालगायत नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।

विद्यार्थीकालदेखि नै सक्रिय राजनीतिमा रहनुभएका चौलागाईं एक निष्ठावान्, इमान्दार नेता हुनुहुन्थ्यो । उहाँको निधनले साथै सिङ्गो राष्ट्रले अपूरणीय क्षति व्यहोर्नु परेको नेताहरुले बताएका छन् ।एमाले पोलिटब्यूरो सदस्य चौलागाईं दोलखा ख बाट वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । नेता चौलागाईं २०५६ सालको निर्वाचनमा दोलखा–१ बाट निर्वाचित हुनुहुन्थ्यो । त्यस्तै २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक कोटाबाट सांसद हुनुभएको थियो ।

Leave a Reply

Your email address will not be published.