October 10, 2021

वायुमण्डलमा देखिएको मौसमको कारण चारदिन बन्द गर्ने निर्णय

Hot and dusty days ahead, warns weather department - Saudi Gazette

सरकारले वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताको कारण चारदिन बन्द गर्ने निर्णय गरेको छ ।शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पुर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो । बैठकमा शिक्षा सचिव रामप्रसाद थपलिया, विज्ञान सचिव डा. सञ्जय शर्मा, मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्मा, सहसचिव डा.हरि लम्साल, शिक्षा, तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक वैकुष्ठ अर्याल लगायतको उपस्थिति थियो ।

बैठक अघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गर्नुभएको थियो । मन्त्रालयका प्रवक्ता दीपक शर्माले लाखौ विद्यार्थीमा हुनसक्ने स्वाथ्य प्रतिकूलताको कारण सबै शिक्षणसंस्थता बन्द गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । मंगलबारदेखि शुक्रबारसम्म सबै शिक्षण संस्था बन्द गर्ने गर्ने निर्णय भएको उहाले बताउनुभयो । उहाले बालबालिकालाई घरभित्रै राख्न अभिभावकहरुलाई अनुरोध गर्नुभयो ।त्यस्तै विश्वबिद्यालय र उच्च शिक्षा तहका परिक्षा भने यसअघिको कार्यतालिकमा नै हुने मन्त्रालयले जनाएको छ । अव चैत्र २२ गते आइतबारदेखिमात्र शिक्षण संस्था खुल्नेछन् ।

Leave a Reply

Your email address will not be published.