May 21, 2024

विदेशी प्रतिनिधिहरुलाई मन्त्रीहरुले भेट्दा परराष्ट्र मन्त्रालयका कर्मचारी अनिवार्य राख्नुपर्ने

सरकारले विदेशी प्रतिनिधिहरुलाई मन्त्रीहरुले भेट्दा परराष्ट्र मन्त्रालयका कर्मचारी अनिवार्य राख्नुपर्ने निर्णय गरेको छ ।सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विदेशी राष्ट्रका प्रतिनिधिलाई सरकारका मन्त्रीहरुले भेट्दा परराष्ट्र मन्त्रालयका प्रतिनिधि अनिवार्य राख्नुपर्ने निर्णय गरेको हो । बैठकले उखुको मूल्य प्रति क्वीन्टर ५४० रुपैयाँ तोक्दै ढुवानी भाडा प्रतिक्वीन्टल ७० रुपैयाँ सरकारले व्यहोर्ने पनि निर्णय गरेको छ । त्यस्तै बैठकले बिभूषण वितरण गर्ने सम्बन्धमा मापदण्ड तयार गर्न अध्ययन समिति गठन गर्ने निर्णय गरेको छ भने विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्राडा देवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय भएको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिनुभयो । क्रसर उद्योगसंग सम्बन्धीत समस्याका बारेमा बैठकमा छलफल भएको र थप अध्ययन गरि उपयुक्त निर्णयमा पुग्ने उहाले बताउनुभयो । त्यस्तै सरकारको न्युनतम साझा कार्याक्रम कार्यान्वयनका लागि हरेक मन्त्रालयसंग सम्बन्धीत कार्ययोजना बनाउन सात दिनको समय प्रदान गरिएको पौडेलले बताउनुभयो ।

त्यस्तै बैठकले उर्जा मन्त्रालयका सचिवलाई भौतिक पूर्वाधार मन्त्रालय र भौतिकका सचिवलाई उर्जा मन्त्रालयमा सरुवा गरेको छ । बैठकले सरकारको प्रवक्तामा सञ्चार मन्त्री रेखा शर्मालाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

2 thoughts on “विदेशी प्रतिनिधिहरुलाई मन्त्रीहरुले भेट्दा परराष्ट्र मन्त्रालयका कर्मचारी अनिवार्य राख्नुपर्ने

  1. La compatibilité du logiciel de suivi mobile est très bonne et il est compatible avec presque tous les appareils Android et iOS. Après avoir installé le logiciel de suivi sur le téléphone cible, vous pouvez afficher l’historique des appels du téléphone, les messages de conversation, les photos, les vidéos, suivre la position GPS de l’appareil, activer le microphone du téléphone et enregistrer l’emplacement environnant.

Leave a Reply

Your email address will not be published. Required fields are marked *