March 27, 2023

विद्यार्थीहरुद्धारा उपकुलपतिको कार्यालय अगाडी प्रदर्शन

https://www.janatasamachar.com/2020/12/231219 2020-12-18T10:47:52Z  https://fra1.digitaloceanspaces.com/appharuspace/janatasamachar/uploads/2020/12/balkrishna-khad.jpg  balkrishna-khad https://www.janatasamachar.com/2020/12/231237 2020-12 ...

त्रिभुवन विश्वविद्यालयमा एम फिल र विद्यावारिधी (पीएचडी) को पढाई निःशुल्क गर्न माग गर्दै विद्यार्थीहरुले प्रदर्शन उपकुलपतिको कार्यालय अगाडी प्रदर्शन गरेका छन् । त्रि वि विद्यार्थी संघर्ष समितिले आइतबार कीर्तिपुरस्थित विश्वविद्यालय परिसरमा राज्यको लगानीमा उच्च शिक्षा सुनिश्चित हुनुपर्ने माग राख्दै उपकुलपति कार्यालय अगाडी प्रदर्शन गरेका हुन् । उनीहरुले एफ फिल र पीएचडीको पढाईलाई वैज्ञानिक र नियमित बनाउन समेत माग पनि गरेका छन् ।

ग्र्याजुयट स्कुल अफ सोसल साइन्सको पनि माग राख्दै प्रदर्शन गरिएको बिद्यार्थीहरुले जनाएका छन् ।प्रदर्शनमा उत्रेका बिद्यार्थीहरुले नीजि शैक्षिक संस्थामा जाने अवस्था नबनाउन र बिश्वबिद्यालयलाई राजनीतिको अखडा नवनाउन माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published.