July 29, 2021

विनाशकारी भूकम्प गएको आइतबार ६ बर्ष पूरा

Japan: Clock stopped by earthquake restarts 10 years on - BBC News

नेपालमा २०७२ विनाशकारी भूकम्प गएको आइतबार ६ बर्ष पूरा भएको छ ।६ बर्ष अघि आजैको दिन बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दू बनाएर ७ दशमलव ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । विनाशकारी भूकम्पले नौ हजारभन्दा बढी नेपालीको ज्यान लिएको थियो । यसैबीच बिनासकारी भूकम्पका बेला फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठले खिचेका फोटोहरुको प्रदर्शनी गरिएको छ । मध्यपुर सञ्चार समाजको आयोजनामा भक्तपुरमा भएको प्रदर्शनीमा भूकम्पका कारण भएको क्षती, उद्धार कार्य लगाएतका फोटो राखिएको छ । फोटो अवलोकन गर्दै मध्यपुर थिमिका मेयर मदनसुन्दर श्रेष्ठले भूकम्पपछि पुननिर्माण करिव अन्तिम चरणमा पुगेको र भूकम्पबाट बच्नका लागि आवश्यक तयारी नगरपालिकाले गरेको बताउनुभयो ।

बैशाख १२ गतेको भूकम्पवाट नेपालको १४ जिल्ला अतिप्रभावित बनेको थियो । त्यसको प्रत्यक्ष असर ३१ जिल्लामा पनि परेको थियो । नीजि घर तथा सरकारी भवन गरेर करिब नौ लाख घर तथा भवन काम नलाग्ने गरेर भत्किएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बैशाख १२ को भूकम्पबाट क्षति भएका निजी अवास क्षेत्रको पुनर्निर्माणको प्रगति उच्च रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published.