October 29, 2021

विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस

प्रतिनिधि सभाको बैठक कक्ष

राष्ट्रियसभाले ‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस’ भन्ने प्रस्तावलाई बहुमतद्वारा स्वीकृत गरेको छ । मंगलबार बसेको राष्ट्रियसभाको दोश्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रियसभाकोे बैठकमा उक्त प्रस्ताव पेस गर्नुभएको थियो । त्यसअघि बैठकमा नेकपा एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले राजनीतिक दलसम्बन्धी अध्यादेशले विग्रह निम्त्याएको आरोप लगाउनुभयो । उहाँले पार्टी अनुशासन विरोधी गतिविधि गरेका १४ सांसदमाथि आफ्नो पार्टीले गरेको कारबाहीसम्बन्धी सूचना प्रकाशित नगरिएका आपत्तिसमेत जनाउनुभयो ।

उहाले कांग्रेसलाई सिष्टम नभएर सत्ता प्यारो भएको तर्क पनि गर्नुभयो । त्यस्तै मंगलबार नै बसेको राष्ट्रियसभाको पहिलो बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकलाई सभासमक्ष टेबुल गर्नुभएको हो । राष्ट्रियसभाको अर्को बैठक यही असोज ७ गते दिउँसो २ बजे बस्नेछ ।

Leave a Reply

Your email address will not be published.