April 19, 2024

विपक्षी पाँच दलका नेताहरु सर्वोच्च अदालत जाने निर्णय

सर्वोच्च अदालत नेपाल | Supreme Court of Nepal | Chief Justice of Nepal -  Nepal Lawyer

प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनावमा जाने राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध विपक्षी पाँच दलका नेताहरु सोमबार बिहान सर्वोच्च अदालत जाने भएका छन् । आइतबार नै सर्वोच्च जाने तयार तयारी भएपछि आवश्यक प्रक्रिया र रिटको ड्राफ्टलाई अन्तिम रुप दिन समय लागेकाले सोमबार मात्रै जाने नेताहरुले बताएकाछन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकतालगायत तयार गर्ने काम भएको र सशरीर उपस्थित भएर सोमबार १० बजे अदालत जाने जानकारी दिनुभयो । उहाले संसद बिघटनको बिरुद्ध १४९ भन्दा बढि सांसदको हस्ताक्षर संकलन भएको दावी गर्नुभयो ।

त्यस्तै कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले ड्राफ्टलाई अन्तिम रुप दिनका लागि समय लागेको जानकारी दिनुभयो ।त्यस्तै कांग्रेस नेता बर्षमान पुनले सवैले पार्टीगत रुपमा हस्ताक्षर गरेको र संख्या पुगेकाले सोमबार बिहानै अदालत जाने बताउनुभयो ।राष्ट्रपति र प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै यसका विरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने विपक्षी गठबन्धनको निर्णयबमोजिम सांसदहरुको हस्ताक्षर र नागरिकता संकलन गरिएको हो ।

One thought on “विपक्षी पाँच दलका नेताहरु सर्वोच्च अदालत जाने निर्णय

Leave a Reply

Your email address will not be published. Required fields are marked *