December 1, 2023

‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेकपा माओवादी केन्द्रसंग एकताका लागि कुनै छलफल नै नभएको स्पष्ट पारेको छ

Biplav is ready for talks, but govt isn't - OnlineKhabar English News

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेकपा माओवादी केन्द्रसंग एकताका लागि कुनै छलफल नै नभएको स्पष्ट पारेको छ । शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेकपाका नेता धर्मेन्द्र बास्तोलाले चूनावमा पराजय हुने डरले माओवादी अध्यक्ष प्रचण्डले नेकपासंग एकताको कुरा गरेको हुनसक्ने भन्दै आफ्नो पार्टीभित्र कुनै छलफल नभएको बताउनुभएको हो । माओवादीको अवको चूनाव बिग्रने र प्रचण्डले पनि एक्लै चूनाव नजित्ने उहाले बताउनुभयो । बास्तोलाले वैज्ञानिक समाजवादका जानका लागि मात्र नेपालमा बृहत कम्युनिष्ट एकता हुनसक्ने तर्क गर्नुभयो । त्यस्तै उहाले न्यायलयमा देखिएको दृश्यले दुखित तुल्याएको भन्दै न्यायलयमा देखिएको घटना दलाल पूजिवादी व्यवस्थाको उपज भएको जिकिर गर्नुभयो । उहाले आफुहरुले वर्तमान संसदीय व्यवस्था परिवर्तका लािग जनमत संग्रहको चूनाव गर्नुपर्ने भन्दै जनमत बिनाको चूनावमा सहभागी हुन नसकने बताउनुभयो ।त्यस्तै बास्तोलाले जनतालाई मारमा पर्ने गरि पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धि फिर्ता लिनुपर्ने भन्दै आन्दोलन घोषणा गरिएको जानकारी दिनुभयो ।

पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धिले सवै क्षेत्रमा प्रभाव पर्ने भन्दै कुनै पनि हालतमा सरकारले मूल्यबृद्धि फिर्ता लिनुपर्ने उहाले बताउनुभयो । उहाले पेट्रोलियम पदार्थमा सरकारले लिएको कर निकै बढि भएको र निगमबाट राज्यमा बस्ने व्यक्तिले फाइदा लिएको आरोप लगाउनुभयो ।उहाले आफुहरुको अवको आन्दोलन शान्तिपूणरुपमा गर्ने बताउनुभयो । नेता बास्तोलले सरकारले आफुहरुसंग गरेको तीन बुँदे सहमति अझै कार्यान्वयन नभएको गुनासो गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *