November 29, 2022

विप्लव नेतृत्वको साना कम्युनिष्ट पार्टीले आसन्न निर्वाचनको बिरोध गर्दै संघर्षका कार्यक्रम सार्वजनिक

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगाएत तीन साना कम्युनिष्ट पार्टीले आसन्न निर्वाचनको बिरोध गर्दै संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपा लगाएत ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालले निर्वाचनको विरोधमा संयुक्त कार्यक्रम सार्वजनिक गरेको हो । आगामी मंसिर ४ गते हुने निर्वाचन खारेजी÷बहिष्कारको निर्णय गर्दै उनीहरुले आफुहरुको आन्दोलनमा सक्रिय सहभागीता जनाउन आह्वान पनि गरेका छन् । उनीहरुले निर्वाचनको विरोधमा कार्तिक २४ देखि ३० गतेसम्म काठमाडौं लगाएत बुटवल, इटहरी, बर्दिवास, पोखरा, सुर्खेत र धनगढीमा राजनीतिक सभा गर्ने जनाएका छन् भने कार्तिक २६ देखि ३० गतेसम्म देशका बिभिन्न स्थानमा कोणसभा र विरोध प्रर्दशन गरिने वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका महासचिव आहुतिले जानकारी दिनुभयो । उहाले अहिलको व्यवस्थाको बिरुद्धमा र नयाँ व्यवस्थाको सुरुवातका लागि आफुहरुको संघर्ष भएको बताउनुभयो । त्यस्तै नेकपाका प्रवक्ता प्रकाण्डले क्रान्तिपछि उपलव्ध भएका जनताको अधिकारहरु एकपछि अर्को गरि कटौटी हुने गएकाले अहिलेको व्यवस्थाप्रति आफुहरुको आन्दोलन भएको बताउनुभयो । मुलुकमा भ्रष्टाचार व्याप्त हुदै गएको, सामाजिक असुरक्षा हुदै गएको उहाको भनाई छ ।

पत्रकार सम्मेलनमा नेकपाका अध्यक्ष ऋषि कट्टेलले चूनाव बहिष्कार र आन्दोलनमार्फत सत्ताको बिरुद्ध निरन्तर जनक्रान्तिको बाटोमा देशलाई अघि बढाएर जनताको राज्य सत्ता निर्माणमा लाग्ने धारणा राख्नुभयो ।

Leave a Reply

Your email address will not be published.