December 5, 2023

विभिन्न खोप केन्द्रमा पुगेर स्थलगत निरीक्षण

Routine of Nepal banda - Yesterday Cabinet Expansion added a first time  Minister, Birodh Khatiwada in a very important Ministry i.e. Minister of  Health & Population. Khatiwada who has a long political

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले विभिन्न खोप केन्द्रमा पुगेर स्थलगत निरीक्षण गर्नुभएको छ । मन्त्रालयले यही कात्तिक १६ गतेदेखि बुधबार बल्खु, कोटेश्वर, गोङ्गबु र कलङ्कीमा सञ्चालन गरेको कोरोनाविरुद्धको खोप केन्द्रमध्ये मन्त्री खतिवडाले कोटेश्वर र बल्खुको निरीक्षण गर्नुभएको हो । सो क्रममा मन्त्री खतिवडाले महामारीलाई न्यूनीकरण गर्न खोप प्रभावकारी रहेको बताउनुभयो ।मन्त्री खतिवडाले तिहारपछि पनि खोप केन्द्र सञ्चालन गरिने प्रतिबद्धता जनाउनुभएको छ ।

विभिन्न मुलुकबाट एक करोड खोप आयात गर्न लागिएको जानकारी दिँदै उहाँले ती खोप बालबालिकाका लागि प्रयोग गरिने उल्लेख गर्नुभयो । मन्त्रालयले चाडवाडका बेलमा घर फकिर्ने सर्वसाधारणको सहजताका लागि बिभिन्न चोकमा कोरोनाबिरुद्धको खोप लगाउने व्यवस्था गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *