August 1, 2021

विभिन्न दलका महिला संगठनहरुले संयुक्त रुपमा प्रदर्शन

संसद बिघटनको विरोधमा विभिन्न दलका महिला संगठनहरुले संयुक्त रुपमा प्रदर्शन गरेका छन् । मंगलबार संयुक्त महिला संघ, संघर्ष समितिले काठमाडौंको रत्नापार्कमा विरोध प्रदर्शन गरेका हुन् । सरकारले गैरसंवैधानिक तवरले संगठन विघटन गरेको भन्दै त्यसकाबिरुद्ध निरन्तर विरोधका कार्यक्रम गरिने उनीहरुले जनाएका छन् ।उनीहरुले निरंकुश चाहिदैन, संसद बिघटन गर्न पाईदैन, संसद बिघटनको निर्णय खारेज गर लगाएतका नारा लगाएका थिए ।

अखिल नेपाल महिला संघ(अनेम)की संयोजक अमृता थापाले प्रधानमन्त्रीलाई संविधानले नै नदिएको अधिकार प्रयोग गरेर संसद बिघटन गर्नु संविधानमाथिको कु भएको भन्दै यसका बिरुद्ध एकजुट भएर विरोध गरिएको बताउनुभयो ।उहाले संसद बिघटन गर्ने कमद असंवैधानिक, अलोकतान्त्री, अधिनायकवादी र निरंकुश भएको आरोप लगाउनुभयो ।

Leave a Reply

Your email address will not be published.