



विभिन्न सात साना कम्युनिष्ट पार्टीबीच एकता घोषणा भएको छ ।शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपालमा सातवटा कम्युनिस्ट पार्टीले एकता घोषणा गरेका हुन् ।एकता गर्नेहरुमा पुनर्गठित नेकपा(माओवादी केन्द्र), नेपाल श्रमजीवि पार्टी, नेपाल कम्युनिष्ट पार्टी (गणतान्त्रिक), नयाँ नेपाल राष्ट्रिय पार्टी, पुर्व जनमुक्ति सेना एकता पार्टी, थारु राष्ट्रिय मुक्ति मोर्चा र नेकपा माक्र्सवादी रहेका छन् ।पत्रकार सम्मेलनमा निरन्तर संघर्ष गर्दै फरक–फरक पृष्ठभुमिबाट आएका ७ वटा पार्टी एकता पछि ‘पुनर्गठित ने.क.पा (माओवादी केन्द्र)’ घोषणा भएको जानकारी दिएको हो । नयाँ घोषणा भएको पार्टीको अध्यक्षमा भविसोर पराजुली रहने जानकारी गराइएको छ ।
कार्यक्रममा पुनर्गठित ने.क.पा (माओवादी केन्द) का अध्यक्ष भविसोर पराजुलीले कम्युनिस्टहरुबीच विभाजन आइरहँदा एकता अभियान शुरु गरेको बताउनुभयो ।उहाले सच्चा कम्युनिष्टहरुबीचको एकता अभियान चलेको भन्दै धुव्रिकरणले गति लिने बताउनुभयो । माओवादी आन्दोलनको इतिहास भावना र विचारलाई निरन्तरता दिने उहाले बताउनुभयो । पार्टी एकतामा सैद्धान्तिक, राजनितिक तथा संगठानात्मक विषयमा खुला र मैत्रीपुर्ण विचारधारात्मक छलफल गर्दै सम्मानजनक समायोजन र व्यवस्थापन गर्ने सहमति भएको उनीहरुले जनाएका छन् ।
