June 14, 2024

विमलेन्द्र निधिले सभापति पदका लागि उम्मेदवारी घोषणा

Will Nepali Congress make Bimalendra Nidhi its president? - myRepublica -  The New York Times Partner, Latest news of Nepal in English, Latest News  Articles

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४ औँ महाधिवेशनमा सभापति पदका लागि औपचारिकरुपमा उम्मेदवारी घोषणा गर्नुभएको छ । बिहीबार एक कार्यक्रमको आयोजना गर्दै १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गर्नुभएको हो । उहाँले उम्मेदवारी घोषणा गर्दै काँग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी किन भनी भनेर २३ बुँदे प्रतिबद्धता पत्र पनि सार्वजनिक गर्नुभएको छ । निधिले सभापतिमा आफ्नो उम्मेदवारीको ध्येय र आशय अगामी सरकार नेपाली काँग्रेसको एकलौटी बनाउनु रहेको बताउनुभयो । उहाँले कांग्रेसको नेतृत्वमा संविधानमा जारी भएपनि निर्वाचनपछि कम्युनिष्ट पाटींले सरकार बनाएपछि विकृती विसंगती सुरु भएकाले कांग्रेसको नेतृत्वमा जारी भएको संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्न कांग्रेसको एकलौटी सरकार आवश्यक रहेको बताउनुभयो । निधिले आफ्नो नेतृत्वमा कांग्रेसले आगामी तीनै तहका निर्वाचनमा बहुमत हासिल गर्न सक्ने दाबी गर्नुभयो ।

उहाँले जनतामा संघीय लोकतान्त्रिक गणतन्त्र र त्यस प्रणालीको परिणाम तथा सुशासनको अनुभूति दिलाउन र देशको भौगोलिक विविधता,हिमाल, पहाड, तराई–मधेस, पश्चिमदेखि पूर्वका सबै जनताको भावनात्मक रुपमा जोड्ने कांग्रेस बनाउन आफूलाई सभापतिमा निर्वाचित गर्न आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *