July 28, 2021

विवेकशील पार्टीले संसद विघटन खारेज गर्न माग गर्दै ऐना देखाएर प्रदर्शन

विवेकशील पार्टीले संसद विघटन खारेज गर्न माग गर्दै ऐना देखाएर प्रदर्शन गरेको छ ।शुक्रबार काठमाडौंको माइतिघरमा संसद बिघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै त्यसलाई खारेज गर्न माग गर्दै विवेकशील पार्टीले ऐना देखाएर प्रदर्शन गरेको हो ।प्रदर्शनका सहभागीहरुले असंवैधानिक संसद विघटन खारेज गर लेखिएको ब्यानर बोकेका थिए । साथै उनीहरुले ‘यो समय भ्याक्सिनको हो प्रधानमन्त्री ज्यू’ लेखिएको प्रतिकात्कम घडी पनि प्रदर्शन गरेका थिए । प्रधानमन्त्रीको असंवैधानिक कदमले मुलुक थप संकटमा परेकाले ऐना देखाएर प्रदर्शन गरिएको विवेकशिलका नेता शशिबिक्रम कार्कीले बताउनुभयो । नेताहरु रिसराग भरिपूर्व व्यहार र पार्टीको गुट भित्रको निष्कृष्ट व्यहारका कारण मुलुकलाई अप्ठेरोमा पार्न नहुने भन्दै नेताहरुले एक पटक आ–आफ्नो अनुहार ऐनामा हेरुन भन्ने उदेश्यले ऐनासहित प्रदर्शन गरिएको उहाले बताउनुभयो ।

सो पार्टीले संसद बिघटनको असंवैधानिक कदम नसच्चाएसम्म आन्दोलनलाई निरन्रता दिने जनाएको छ । उनीहरुले लगाएत १८ दिनदेखि विरोध प्रदर्शन गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published.