December 1, 2023

विश्व बसोबास दिवसको नारा: समावेशी सहरबस्तीको आवश्यकता, सबैको साझा प्रतिबद्धता

विश्व बसोबास दिवस समावेशी सहरबस्तीको आवश्यकता, सबैको साझा प्रतिबद्धता भन्ने नाराकासाथ सोमबार मनाइँएको छ । युएन ह्याबिट्याटले प्रत्येक वर्ष अक्टोबर महिनाको पहिलो सोमबार विश्व बसोवास दिवस मनाउने गरेकोमा नेपालमा सोही अवधिमा दशैंको बिदा परेकाले तेस्रो सोमबार यो दिवस मनाइएको हो । दिसवका अवसरमा शहरी विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा व्यवस्थित शहरी विकास र स्मार्ट सिटी लगायतका विषयमा विभिन्न निकायले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा सहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले नेपालमा शहरी जनसंख्या तीब्र गतिमा बढेको बताउनुभयो । उहाँले हाल नेपालमा कुल जनसङ्ख्याको ६६.०८ प्रतिशत सहरी क्षेत्रमा बसोबास गर्ने गरेको जानकारी दिनुभयो । उहाँले स्मार्ट सिटी निर्माणको काम जारी रहेको पनि जानकारी दिनुभयो । नेपालको संविधानले समावेशी विकासको अवधारणा अवलम्बन गरेकाले स्मार्ट सिटी र नयाँ सहरहरुमा ती कुराहरु समेट्ने उहाँले बताउनुभयो । उहाँले भौगोलिक रुपमा विकट र प्राकृतिक विपद्को उच्च जोखिमयुक्त क्षेत्रका बस्ती स्थानान्तरणमा पनि चुनौती देखिएको बताउनुभयो ।

संयुक्त राष्ट्र संघीय मानव बसोबास कार्यक्रम (यूएन ह्याविट्याट) ले प्रकाशित गरेको विश्व शहरी प्रतिवेदन २०२२ को विवरण अनुसार विकसित राष्ट्रहरुमा ७९ प्रतिशत मानिस शहरी क्षेत्रमा बस्दछन् । यो दरले निरन्तरता पाए विकसित देशमा सन् २०५० सम्म शहरी क्षेत्रको जनसंख्या ८७ प्रतिशत पुग्ने प्रक्षेपण पनि गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *