October 23, 2021

विश्व रेविज दिवस विभिन्न कार्यक्रम गर्दै नेपालमा पनि मनाइयो

This image has an empty alt attribute; its file name is vediography2-3.gif
World Rabies Day: How to Protect Your Pet from Rabies | Babcock Hills  Veterinary Hospital, P.C.
This image has an empty alt attribute; its file name is dhyan-chaksu.gif

विश्व रेविज दिवस मंगलबार बिभिन्न जनचेतनामुलक कार्यक्रम गर्दै नेपालमा पनि मनाइएको छ ।हरेक वर्ष सेप्टेम्बर २८ मा मनाइने रेबिज दिवस नेपालमा पनि ‘रेविज ः तथ्य बुझौं, त्रसित नबनौं’ भन्ने नाराका साथ मनाइएको हो । दिवसका अवसरमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ललितपुरको जावलाखेलस्थीत सदर चिडियाखानामा पुगेर त्यहा रहेका जनावरहरुको अवस्थामा बारेमा जानकारी लिएको थियो । बहुला कुकुरको टोकाइबाट मानिसमा सर्ने रेविज रोग विरालो, न्याउरीमुसा र स्यालको टोकाइबाट यो रोग सर्ने गर्दछ । नेपालमा अर्थिक वर्ष २०ं७६÷०७७ मा ५२ हजार जनालाई कुकुरले टोकेको महाशाखाको तथ्यांक रहेको महाशाखाका निर्देशक डा कृष्ण पौडेलले बताउनुभयो ।त्यस्तै रेविजका कारण हरेक बर्ष दुई देखि तीन जनाको मृत्यु हुने गरेको उहाले बताउनुभयो । बहुला वा शंकास्पद कुकुर वा जनावरले टोकेको खण्डमा तुरुन्तै सम्भव भएमा सावुन पानी वा सफा पानीले टोकेको भागमा ५ मिनेटसम्म राम्ररी सफा गरी घाउमा डिटोल आयोडिनको झोल लगाउनु रेविजको प्राथमिक उपचार रहेको डा पौडेलले बताउनुभयो ।

नेपालका सबै जिल्ला अस्पताल र सरुवा रोग अस्पतालहरुबाट रेविज विरुद्धको खोप उपलब्ध रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

This image has an empty alt attribute; its file name is website-1.gif

Leave a Reply

Your email address will not be published.