March 29, 2024

विस्थापित परिवारको उचितव व्यवस्थापन गर्न निर्देशन

Nepal PM KP Sharma Oli challenges Prachanda remove me if you can | World  News – India TV

प्रधानमन्त्री केपि शर्मा ओलीले सिन्धुपाल्चोक जिल्लामा हालैको प्राकृतिक विपत्को व्यवस्थापन तथा राहतकार्यलाई तत्काल प्रभावकारी रुपमा अघि बढाउन सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा एमाले वाग्मती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेल, इन्चार्ज रामबहादुर थापासहितको टोलीको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले विस्थापित परिवारको उचितव व्यवस्थापन गर्न निर्देशन दिनुभएको हो । पुल बगाएको स्थानमा बेलिबृजको व्यवस्था गर्ने कुरामा सरकारको ध्यान पुगेको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाले बाढीको पुर्व सूचना दिन साइरन राख्ने, कटान रोक्न तार जालीको व्यवस्था गर्न तथा पीडित परिवारलाई जस्ता एवं स्थानीय सामग्रीको प्रयोगबाट तत्काल अस्थायी आवाशको व्यवस्था गर्नुसमेत दिनुभयो । उहाले बिपद्मा राजनीति गर्ने तर्फ नभइ जनताको सेवामा जुट्नुपर्ने बताउनुभयो ।प्रधानमन्त्री समक्ष ज्ञापन पत्र पेश गर्दै एमाले वाग्मती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्द पोखरेलले मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरुको सम्पूर्ण उपचार खर्चको व्यवस्थापन, बहु आयामिक विज्ञ प्राविधिक टोली खटाई डिटेल सर्वे मार्फत पूनः निर्माणको लागि लागत अनुमान र बजेट व्यवस्था गर्न माग गरिएको बताउनुभयो ।

यसै गरी विस्थापित ४ सय परिवारको अस्थाई बसोबासको लागि प्रति परिवार ८ बन्डल जस्ता उपलब्ध गराई अस्थाई बासस्थान निर्माण गर्ने, नदी किनाराका बजार संरक्षण र पुनः व्यवस्थापनको लागि तत्कालै तटबन्ध निर्माण गरी बजार सुचारु गर्न र भत्केका घरहरुको पूननिर्माण र पुरिएका घरहरुलाई मर्मत सुधार गराउने व्यवस्था गर्न पनि माग गरिएको छ । सिन्धुपाल्चोकमा असार १ गते पछि परेको अबिरल वर्षापछि उत्पन्न बाढी पहिरोका कारण १६ जनाको मृत्यु र ४०० परिवार विस्थापित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *