November 30, 2023

वीर अस्पतालका आवसीय चिकित्सकहरु धर्नामा

Bir Hospital is now designated for COVID-19 treatment

कोरोना महामारीको समयमा काम गरेको समयको भत्ता नपाएको भन्दै वीर अस्पतालका आवसीय चिकित्सकहरु धर्नामा बसेका छन् । कोभिड–१९ को समयमा काम गरेबापत् सरकारले उपलब्ध गराउने भनेको जोखिम भत्ता नपाएको भन्दै उनीहरुले इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गर्दै धर्नामा बुसेकाा हुन् । उनीहरुले प्रशासनले समस्या सम्बोधन नगरेसम्म सेवा सुचारु नगर्ने बताएका छन् । ‘कोभिड जोखिममा अगाडि, जोखिम भत्तामा पछाडि?,’ ‘आवासीय चिकित्सकको योगदानको सम्मान गरौं, कोभिड जोखिम भत्ता यथाशीघ्र उपलब्ध गराऔं।’ लेखिएका प्लेकार्ड बोकेका उनीहरुले आफुहरुमाथि भेटभाव भएको गुनासो समेत गरेका छन् ।

१० महिनादेखि कोभिड संक्रमितको उपचारमा खटिएका आवासीय चिकित्सकलाई अस्पताल प्रशासनले विभेद गरेको उनीहरुले बताएका छन् ।रेजिडेन्ट एसोसिएसन अफ न्याम्सको आह्वानमा वीर अस्पतालका २०० जना आवासीय चिकित्सकहरु आकस्मिक बाहेकका अस्पतालका अन्य सेवा बहिष्कार गर्दै आन्दोलित भएका हुन् । जोखिम भत्ता उपलब्ध गराउन प्रक्रिया सुरु नगरे अस्पतालका निर्देशकको कार्यकक्षमा समेत तालाबन्दी गर्ने उनीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *