January 19, 2022

वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता आयोजना गर्ने

Samrakshyak, Prerana clinch tennis titles

गणेशमान सिंह फाउण्डेसन अन्तर्गतको वीर गणेशमान सिंह स्पोर्टस कमिटिले कात्तिक ९ देखि १६ गतेसम्म वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता आयोजना गर्ने भएको छ । ललितपुरको सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा आयोजना गरिने प्रतियोगितामा सिनियर महिला र पुरुष तथा जुनियर छात्र र छात्रातर्फ २३ वटा इभेन्टमा प्रतिस्पर्धा हुने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । प्रतियोगिता अन्तर्गत पुरुष र महिला एकलतर्फको विजेता, उपविजेता तथा तेस्रो स्थान हात पार्नेले क्रमश ८० हजार, ४० हजार र २० हजार प्राप्त गर्नेछन् । त्यसैगरी युगलतर्फ तथा पुरुषको ३५ वर्षमाथि एकलतर्फ शीर्ष तीन स्थानमा हात पार्नेले क्रमश ४० हजार, २० हजार र १० हजार पुरस्कार प्राप्त गर्नेछन् । पुरुषको ३५ वर्षमाथि युगलतर्फका विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेस्रो हुनेले १० हजार नगद प्राप्त गर्ने प्रतियोगिता संयोजक भाष्करमान सिंहले जानकारी दिनुभयो ।

यस्तै पुरुषको ४५ वर्षमाथि एकलतर्फका शीर्ष तीन स्थान हात पार्नेले क्रमश ३० हजार, १५ हजार र ५ हजार पुरस्कार जित्नेछन् भने युगलतर्फ २० हजार, १० हजार र ५ हजार पुरस्कार राशी रहेको छ । पुरुषको ५५ वर्षमाथि एकलतर्फका विजेताले २० हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले ५ हजार प्राप्त गर्नेछन् भने युगलतर्फका शीर्ष तीन स्थान हात पार्नेले क्रमश १५ हजार, १० हजार र ७ हजार ५ सय जित्नेछन् । प्रतियोगिताको लागि करिब २० लाख खर्च हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.