November 20, 2022

व्यक्तिवादी तानाशाह हावी भए बिभिन्न उपलव्धी गुम्ने खतरा

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले व्यक्तिवादी तानाशाह हावी भए बिभिन्न उपलव्धी गुम्ने खतरा पैदा हुने बताउनुभएको छ । मंगलबार राष्ट्रिय सभागृहमा नेकपा एस र नेकपा जनवादीबीच पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यसअघि बंशिय तानाशाहलाई हटाइसकेको भन्दै व्यक्तिवादी तानाशाह हावी हुन नदिने समेत उल्लेख गर्नुभयो । उहाले मुलुकको परिवर्तनलाई जोगाउनका लागि जनतामा चेतना फैलाउनुपर्ने धारणा पनि राख्नुभयो । आफ्नो पार्टी अरु पार्टी भन्दा फरक रहेको भन्दै अध्यक्ष नेपालले सामाजिक आर्थिक र सांस्कृतिक रुपान्तरणमा ध्यान दिने उल्लेख गर्नुभयो । उहाले पार्टीमा अघि बढ्न नसक्नेलाई पार्टी छोड्न सुझाव पनि दिनुभयो । अध्यक्ष नेपालले एमालेलाई केपी ओलीले कव्जा गरेपछि आफुहरु बिद्रोह गरेको भन्दै नयाँ कम्युनिष्ट पार्टी स्थापना गरेको जिकिर गर्नुभयो ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टी र देवेन्द्रसिंह महता नेतृत्वको नेकपा (जनवादी)बीच एकीकरण भएको थियो । तत्कालीन नेकपा माओवादीसँग असन्तुष्ट हुँदै महताले २०६२ सालमा नेकपा (जनवादी) गठन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.