October 14, 2021

व्यवस्था अध्यादेशमार्फत गरिएको भन्दै स्वागत

गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले गोरखा भूतपूर्व सैनिक परिवारलाई सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था अध्यादेशमार्फत गरिएको भन्दै स्वागत गरेको छ ।सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गेसोले सामाजिक सुरक्षा ऐन संशोधन अध्यादेश मार्फत यसअघिको बिभेदपूर्ण निर्णय संशोधन भएको भन्दै अध्यादेशको स्वागत गरेको हो ।यसअघिको सामाजिक सुरक्षा ऐन २०७५ को दफा १५ को खण्ड (ग) मा गरिएको व्यवस्थाअनुसार नियमितरुपमा अन्य कुनै सुविधा पाइरहेको व्यक्तिले सामाजिक सुरक्षा भत्ता नपाउने व्यवस्था गरिएको थियो ।

तर सरकारले हालै अध्यादेशमार्फत ल्याएको संशोधनले भूतपूर्व सैनिक र उनीहरुका परिवारले यसै बर्षभित्रै सामाजिक सुरक्षा भत्ता पाउने गरि व्यवस्था गरिएको गेसोका संयोजक कृष्ण कुमार राईले जानकारी दिनुभयो । उहाले यसअघिको व्यवस्थाका कारण आफुहरु नेपालभित्रै गैर नागरिकको महशुस गरेको बताउदै अहिलेको निर्णयले आफुहरुले न्याय पाएको महशुस भएको उहाले बताउनुभयो ।यसअघि गेसोले सरकारको निर्णय विभेदकारी भएको भन्दै अविलम्ब फिर्ता लिई आफूहरुको सामाजिक सुरक्षाको हकको ग्यारेण्टी गर्नु पर्नेमाग सहित सरोकारवाला निकायसंग आफुहरुको मागका बारेमा छलफल गरेको थियो ।

Leave a Reply

Your email address will not be published.