December 1, 2023

शनिबार थप ३ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि

Corona: contributions from the Max Planck Society | Max-Planck-Gesellschaft

नेपालमा शनिबार थप ३ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ हजार ३ सय १६ पिसिआर परिक्षणका क्रममा २ सय ९७ जना र २ हजार ५ सय ९५ एन्टीजेन परिक्षणका क्रममा ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ६ हजार ६ सय ९७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ३ सय ९९ जनाको कोरोनाका कारण मृृत्यु भएको छ ।

त्यस्तै थप ९ सय ११ संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ९१ हजार २ सय ६९ जना निको भएका छन् । हाल नेपालमा ९ हजार ५ सय २६ सक्रिय संक्रमित आइशोलेशन र २ सय १२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *