November 30, 2023

शिक्षण सिकाइ बिधिलाई आवश्यकता अनुसार परिमार्जन गर्दै लैजाने

Education Minister Paudel pledges to end problems in education sector -  myRepublica - The New York Times Partner, Latest news of Nepal in English,  Latest News Articles

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षण सिकाइ बिधिलाई आवश्यकता अनुसार परिमार्जन गर्दै लैजाने बताउनुभएको छ । सार्वजनिक विद्यालय अनुगमनका क्रममा बुधबार काठमाडौंको दरबार हाई स्कुलको अनुगमन गर्र्दै मन्त्री पौडेलले सार्वजनिक शिक्षालाई सुधार गर्नका लागि शिक्षण सिकाइ बिधिलाई आवश्यकता अनुसार परिमार्जन गरिने बताउनुभएको हो । शिक्षण प्रक्रियासँग सम्बन्धित कतिपय कमी कमजोरीलाई सच्याएर त्यसको तुरुन्त अनुगमन गर्ने र शिक्षण सिकाइसँग सम्बन्धित प्रविधिका बिषयमा गम्भीरतापूर्वक मन्त्रालयले ध्यान दिने उहाले बताउनुभयो ।

उहाले शिक्षा क्षेत्रको बिकासका लागि बिद्यालयदेखि अभिभावकसम्म गम्भीर हुनुपर्ने धारणा राख्नुभयो । मन्त्री पौडेलले दरबार हाई स्कुलको शैक्षिक प्रणाली सुधार देखिएको उल्लेख गर्नुभयो । उहाले बिद्यालयको गुणस्तर सुधारका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *