November 30, 2023

शिक्षा क्षेत्रको बिकासका लागि बजेट कम हुन नदिने प्रतिवद्धता

शिक्षामन्त्री देवेन्द्र पौडेलले नेपालको शिक्षा क्षेत्रको बिकासका लागि बजेट कम हुन नदिने प्रतिवद्धता जनाउनुभएको छ । राष्ट्रिय परीक्षा बोर्डले शनिबार काठमाडौंमा आयोजना गरेको नेपालको विद्यालय शिक्षा र नजितासम्बन्धी छलफल कार्यक्रममा मन्त्री पौडेलले शिक्षा मन्त्रालयमा प्रयाप्त बजेट बिनियोजन नभएपनि शिक्षा क्षेत्रको बिकासका लागि बजेट कम हुन नदिने प्रतिवद्धता जनाउनुभएको हो । मन्त्री पौडेलले संघले छुट्टाउने एक नंवरको बजेट शिक्षा कै भएको उल्लेख गर्नुभयो । उहाले सवै मिलेर नेपालको शिक्षा क्षेत्रको गुणस्तर बढाउदै अन्तराष्ट्रिय स्तरको बनाउनुपर्नेमा जोड दिनुभयो । उहाले तीन बर्षभित्र विद्यालयको भौतिक पूर्वाधार निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको जानकारी दिनुभयो । १० बर्षे शिक्षा सुधारको कार्ययोजनालाई कार्यान्वयन गर्न सवै जिम्मेवार भएर लाग्नुपर्ने उहाको भनाई छ । उहाले शिक्षा क्षेत्रमा नीजि क्षेत्रले गरेको लगानीलाई राज्यले उपेक्षा नगर्ने र नाफाको प्रतिशत कम लिएर सेवा दिनुपर्ने मान्यता रहेको बताउनुभयो ।

मन्त्री पौडेलले शिक्षा क्षेत्रको पछिल्लो रिपोर्ट हेर्दा केहि सच्चाउनुपर्ने अवस्था देखिएको पनि बताउनुभयो ।

One thought on “शिक्षा क्षेत्रको बिकासका लागि बजेट कम हुन नदिने प्रतिवद्धता

Leave a Reply

Your email address will not be published. Required fields are marked *