July 26, 2021

शुक्रबारदेखि फुटबल क्लिनिक हुने

Why Do Some People Call Football “Soccer”? | Britannica

काठमाडौं किकर्स प्रालिको आयोजनामा शुक्रबारदेखि फुटबल क्लिनिक हुने भएको छ ।यसका लागि किकर्सले दीर्घकालीन योजनासहित स्टकल्यान्डका ली मेनसनलाई प्रशिक्षक पनि नियुक्त गरेको छ । काठमाडौं किकर्सले मंगलबार पत्रकार सम्मेलन गर्दै फुटबल क्लिनिक संचालन गर्ने जानकारी गराएको हो ।अनुभवी प्रशिक्षक मेनसनले स्कटल्याण्ड, अमेरिका, जापान, फिलिपिन्स र लाओसमा प्रशिक्षकको रुपमा काम गरिसकेको अनुभव रहेको छ । उनले एएफसी च्याम्पियन्स लिग र एएफसी कपमा टिम सम्हालिसकेका छन् ।

ग्रासरुट देखि व्यावसायिक खेलाडीलाई समेत प्रशिक्षण दिने गरि एकेडेमी संचालन गर्न लागिएको काठमाडौं किकर्सले जनाएको छ ।किकर्सका अध्यक्ष नवीन पाण्डेले मंगलबार आयोजित पत्रकार सम्मेलनमा आफ्नो संस्थाको उद्देश्य व्यवसायिक रूपमा सफल नेपाली खेलाडीको उत्पादन रहेको र यसका लागि नै क्लिनिकको सुरुआत गरेको बताउनुभयो ।परिचयात्मक सुरुआतका क्रममा अब आउने साता दैनिक दुई घण्टाको फुटबल क्लिनिक आयोजना गरिनेछ र त्यसमा ६–९, १०–१३ र १४–१६ को तीन उमेर समूहमा प्रशिक्षण हुने काठमाडौं किकर्सले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.