August 5, 2022

शुक्रबार २ सय २० जनामा कोरोना संक्रमण पुष्टि

Corona: contributions from the Max Planck Society | Max-Planck-Gesellschaft

नेपालमा शुक्रबार २ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार ८ सय २९ पिसिआर परिक्षणका क्रममा २ सय ४२ जना र २ हजार ६ सय १७ एन्टीजेन परिक्षणका क्रममा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १५ हजार ९ सय ७९ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय १८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप ३ सय २ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख १ हजार ७ सय २२ संक्रमित निको भएका छन् । हाल नेपालमा ७ हजार २ सय ८७ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.