December 3, 2022

शेरबहादुर देउवाले सबै नागरिकले सहज र सुलभ शिक्षा पाउनुपर्ने सरकारको मान्यता

Sher Bahadur Deuba takes oath as Nepal's PM for record fifth time |  Business Standard News

प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकले सहज र सुलभ शिक्षा पाउनुपर्ने सरकारको मान्यता रहेको बताउनुभएको छ । सोमबार काठमाडौंमा त्रिभुवन विश्वविद्यालयको ४७ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति समेत रहनुभएका प्रधानमन्त्री देउवाले आर्थिक हैसियत भएका सीमित वर्गको पहुँचमा मात्र शिक्षा हुन नहुने भन्दै सबै नागरिकले सहज र सुलभ शिक्षा पाउनुपर्ने बताउनुभयो ।दीक्षित विद्यार्थीले सचेत र शिष्ट नागरिक बन्दै राष्ट्रप्रतिको कर्तव्य निर्वाह गर्ने उहाको विश्वास छ । उहाले मुलुकको लोकतान्त्रीक प्रणालीलाई सवल र सृदृढ बनाउन, मुलुकको अर्थतन्त्रलाई तीव्ररुपमा रुपान्तरण गर्न दक्ष प्राविधिक जनशक्ति उत्पादन हुनुपर्ने धारणा राख्नुभयो । प्रतिष्पर्धी बिश्व शैक्षिक बजारलाई मध्यनजर गर्दै विश्वबिद्यालयले समयानुकुल आफुलाई परिमार्जन गर्दै लैजानुपर्ने उहाको भनाई छ ।

कार्यक्रममा विश्वविद्यालयबाट बिभिन्न संकायका परीक्षाहरुमा सर्वोत्कृष्ट अङ्क प्राप्त गरी सर्वप्रथम हुने उत्कृष्ट २१ विद्यार्थीलाई २९ विधामा पदक एवं पुरस्कार वितरण गरिएको छ भने दिक्षित बिद्यार्थीहरुलाई प्रमाणपत्र बितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.