



नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सरकारमा जान हत्तार नगर्ने बताउनुभएको छ ।कांग्रेस महिला बिभागले आयोजना गरेको महिला भेलामा सभापति देउवाले जनताले प्रतिपक्षीमा बस्ने म्याण्डेड दिएकाले सरकारमा जान हतार नगर्ने बताउनुभएको हो ।देउवाले अहिले लोकतन्त्रलाई बचाउनका लागि अन्य दलहरुसंग छलफल भइरहेको उल्लेख गर्नुभयो । उहाले संसदमा आफुको संख्या कम भएकै कारण आफुहरुको एजेण्डा स्थापीत हुन नसकेको बताउनुभयो । देउवाले स्थायी प्रजातन्त्र स्थापीत गर्नका लागि सवै दलहरु एक भएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो । मुलुकमा प्रजातन्त्रलाई कमजोर हुन नदिन नै कांग्रेसको ध्यान केन्द्रीत रहेको उहाको भनाई छ ।
देउवाले नेपालको परिवर्तनमा महिलाहरुको सहभागीता निकै महत्वपूर्ण रहेको भन्दै कांग्रेसले महिलाका अधिकारको मुद्धाका लागि सदैव लड्ने प्रतिवद्धता जनाउनुभयो ।कार्यक्रममा कांग्रेसका अन्य नेताहरुले मुलुकमा लोकतन्त्र जोगाउन र मुलुकलाई निकास दिन कांग्रेसले अग्रणी भूमिका खेल्नुपर्ने बेला आएको धारणा राखेका थिए ।
