August 2, 2021

संकटमा पुराउने कोसिस भएको भन्दै यसलाई रोक्नुपर्ने

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई ठूलो संकटमा पुराउने कोसिस भएको भन्दै यसलाई रोक्नुपर्ने बताउनुभएको छ ।बुधबार काठमाडौंमा आदिवासी जनजाति महासंघ नेपालको राष्ट्रिय भेलालाई संवोधन गर्दै प्रचण्डले संविधानलाई बेवास्ता गर्दै संसद बिघटन गर्ने र मुलुकलाई ठूलो संकटमा पुराउने कोसिस भएकाले यसलाई जनताले नै रोक्नुपर्ने बताउनुभएको हो ।उहाले अहिलेको संवैधानिक निकायलाई सहजीकरण गर्न जनताको अदालतमा जाने धारणा राख्नुभयो । आफ्नै पार्टीको नेताले संविधानको मर्म र भावनालाइ कुल्चने अवस्था आउनु दुर्भाग्य भएको उहाको भनाई छ ।

अध्यक्ष प्रचण्डले पार्टीभित्र देखिएको तानाशाही प्रवृत्तिविरुद्ध धैर्यतापूर्वक र दृढतापूर्वक प्रतिकारमा उत्रन आह्वान पनि गर्नुभयो ।त्यस्तै नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालले आफुहरु नै मुल पार्टी भएको भन्दै ओलीले गुटमात्र चलाइरहेको आरोप लगाउनुभयो ।कार्यक्रमका अन्य सहभागीहरुले संविधानको रक्षा गर्दै आदिवासी लगाएतको अधिकार स्थापीत गर्न एकताबद्ध भएर लाग्नुपर्ने धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published.