July 30, 2021

संक्रमणको जोखिम बढ्न थालेपछि स्वदेश फर्किन थाले

Corona Virus: Consequences for Creative Europe programme and related  activities | Europe créative

रोजगारीका लागी भारत पसेका नेपालीहरु भारतमा पुनः कोरोना भाइरसको संक्रमणको जोखिम बढ्न थालेपछि स्वदेश फर्किन थालेका छन् ।भारतसगँ सिमा जोडिएका सिमा नाकाहरुबाट रोजगारीका लागी भारत पसेका नेपालीहरु स्वदेश फर्किन थालेको हो । भारत गएकाहरू स्वदेश फर्कने क्रम बढेपछि नेपालमा पनि कोरोना संक्रमणको जोखिम बढेको छ । रुपन्देहीको बेलहिया नाकाबाट दैनिक २ सय देखी ३ सयको हाराहारीमा नेपालीहरु फर्किने गरेको ईलाका प्रहरी कार्यालय बेलहियाले जनाएको छ । त्यस्तै सिमा नाकामा थप कडाई नहुदाँ दैनिक किनमेलका लागी १००० भन्दा बढी नेपालीहरु सुनौली बजार जाने÷आउने गरेको प्रहरीले जनाएको छ ।

भारतबाट काम गरेर फर्केकाहरुलाई विशेष प्राथमिकता दिएर नाकामा स्थापना भएको हेल्थ डेस्कमा चेकजाँच गरेर पठाउने गरेको सिनपा स्वास्थ्य शाखाका अहेव लाल मोहन चौधरीले जानकारी दिनुभयो । चौधरीले नेपाल सरकारको निर्देशन अनुसार सिमा नाकामा शंकास्पद व्यक्ति भेटिएमा आरडिटी र मलेरियन किटमार्फत चेकजाँच गरेर पठाएको जानकारी दिनुभयो ।सरकारले सिमा नाकामा कडाई नगदाँसम्म र नाकामा चेकजाँचबाट संक्रमित देखिएकाहरूलाई कहाँ, कसरी राख्ने भन्ने विषयमा चाँडै निर्णय गर्नुपर्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published.