August 2, 2021

संयुक्त रूपमा दलहरू आन्दोलनमा जानुपर्ने

जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले प्रतिनिधि सभा पुनसर््थापनाका लागि संयुक्त रूपमा दलहरू आन्दोलनमा जानुपर्ने बताउनुभएको छ ।गणेशमान सिंह तथा शहीद स्मृति प्रतिष्ठानले सोमबार काठमाडौं आयोजना गरेको कार्यक्रममा उहाले शक्ति प्रदर्शनले बाह्य चलखेल रोकिने र अदालतले पनि सही निर्णय गर्ने बताउनुभयो ।अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना नहुने अवस्था र बाहिरी हस्तक्षेप बढ्दै जाने हो भने हातमा दही जमाएर नबस्ने पनि भट्टराईले बताउनुभयो ।उहाले संविधानसभा अगाडि १२ बुँदे सहमतिमा हस्ताक्षर गरेका पक्षधर कमजोर हुँदा अहिलेको अवस्था आएको दाबी गर्नुभयो । अहिलेको घटनालाई सैवैधानिक हिसाब र राजनीतिक हिसाबले हेर्नुपर्ने उहाको भनाई छ ।

त्यस्तै कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाले पार्टीभित्रको झगडाको रिस केपी ओलीले राष्ट्रमाथि पोखेको बताउनुभयो । उहाले अदालतले संविधान अनुसार फैसला नगरे नागरिकको भरोषा टुट्ने धारणा राख्नुभयो । त्यस्तै सिटौलाले बाध्यात्मक परिस्थीतिमा मात्र संसद बिघटन हुने व्यवस्थामात्र संविधानमा रहेको तर्क गर्नुभयो ।त्यस्तै उहाले निर्वाचनमा जान कांग्रेसले हतारो गर्न नहुने र असंवैधानिक कदमबिरुद्ध संघर्ष गर्नुपर्ने जिकिर गर्नुभयो ।

Leave a Reply

Your email address will not be published.