



नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई मात्रै रहेको बताउनुभएको छ ।सोमबार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कारमा उहाले सर्वोच्च अदालतमा रहेको विचाराधीन मुद्दामाथि सडकबाट फैसला गर्न नहुने बताउनुभयो । उहाले संसद् पुनःस्थापना हुने–नहुने विषयमा सर्वोच्च अदालतले गरेको निर्णयलाई नै सबैले आत्मसाथ गर्नुपर्ने बताउनुभयो ।
नेता भण्डारीले सर्वोच्चमा विचाराधीन रहेको विषयमा पूर्वप्रधानन्याधीशले बोल्नु पनि गलत भएको टिप्पणी गर्नुभयो ।विधिको शासन र व्यवस्थाप्रति विश्वास गर्नेले नै संसद् विघटनका बारेमा सर्वोच्चमा विचाराधीन अवस्थामा रहेका विषयमा बोल्नु गलत भएको उहाको भनाई छ ।
