April 15, 2024

संविधानमा उल्लेख स्वास्थ्यको हकलाई स्थापीत गर्नुपर्ने: महामन्त्री थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संविधानमा उल्लेख नागरिकको स्वास्थ्यको हकलाई स्थापीत गर्नुपर्ने बताउनुभएको छ । मंगलबार काठमाडौंमा शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको उद्घाटन गर्दै नागरिकको स्वास्थ्यको हकलाई स्थापीत गर्न जनप्रतिनिधिले पनि सकारात्मक भूमिका खेल्नुपर्ने पनि बताउनुभयो । निर्वाचनमा उठ्दै गर्दा पूर्वाधार निर्माणमा प्रतिवद्धता जनाएसंगै जनताको स्वास्थ्यको अधिकार स्थापीत गर्ने प्रतिवद्धता जनाउनुपर्ने उहाको भनाई छ ।

त्यस्तै उहाले सहुलियतमा स्वास्थ्य उपचारका लागि महानगरले पनि आवश्यक काम गर्नुपर्ने धारणा राख्नुभयो । उहाले जनताको स्वास्थ्य समस्याका आधारमा वडा वडामा स्वास्थ्य पूर्वाधार तयार हुनुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *