December 3, 2022

संविधानलाई जोगाउनुपर्ने बेला आएको : प्रचण्ड

Prachanda | Biography & Facts | Britannica

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले संविधान खारेज गर्दै राजतन्त्र फर्काउने उदेश्यका साथ गरिएको प्रतिनिधिसभा बिघटनलाई जनताले बिफल पारेकोे दावी गर्नुभएको छ । मंगलबार काठमाडौंमा अखिल नेपाल शिक्षक संगठन एकताको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले प्रतिक्रियावादीहरुले संविधानलाई खारेज गर्ने तथा राजतन्त्रका साथ १७ साल फर्काउन गरेको प्रतिनिधिसभा बिघटन जनताको बलमा बिफल पारिएको बताउनुभएको हो । अहिले पनि केहिलाई आन्दोलनबाट प्राप्त परिवर्तन मन नपरेको भन्दै सवैले संविधानलाई जोगाउनुपर्ने बेला आएको उहाले बताउनुभयो ।

प्रचण्डले नेपालको राजनीति परिवर्तनको प्रक्रिया चक्रव्युहमा पुगेको र यसलाई निकाल्नुपर्ने जिकिर गर्नुभयो । त्यस्तै उहाले निर्वाचन प्रणाली र शासकिय स्वरुप तथा पहिचानका बिषयमा संविधान संशोधन गर्नुपर्ने बताउनुभयो । उहाले संघीयता विरोधी, मधेसी जनता र पहिचान विरोधी केपी ओली नै भएको धारणा राख्नुभयो । प्रचण्डले समाजवादी क्रान्तिका लागि फेरि एकपटक एकजुट हुनुपर्ने बेला आएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.