November 30, 2023

संविधानलाई सर्वस्वीकार्य बनाउदै अघि बढ्नुपर्ने

This image has an empty alt attribute; its file name is vediography2-3.gif
Kanun mantri tamang - YouTube
This image has an empty alt attribute; its file name is dhyan-chaksu.gif

कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संविधानलाई सर्वस्वीकार्य बनाउदै अघि बढ्नुपर्ने बताउनुभएको छ ।आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा संविधान गतिशिल दस्तावेज भएको भन्दै यसलाई सर्वस्वीकार्य बनाउदै अघि बढ्नुपर्ने बताउनुभएको हो । उहाले संविधानमा जनताको भावनालाई अधिकतम रुपमा समावेश गर्ने बताउनुभयो । अझै पनि केहि क्षेत्र वर्ग लगाएतको अधिकार स्थापीत गर्नका लागि आवाज उठ्ने गरेको भन्दै उहाले जनताका जायज मागलाई सम्बोधन गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाले अव मुलुकलाई स्थीरताका सार्थ आर्थिक बिकासको बाटोमा अघि बढाउनुपर्ने धरणा राख्नुभयो ।

कार्यक्रममा माओवादी केन्द्रका स्थायी समिति सदस्य बर्षमान पुन अनन्तले राजनीतिमा देखिएको बिकृतिलाई नेताहरुले गम्भीर रुपमा दिनुपर्ने धारणा राख्नुभयो । राजनीतिक नेतृत्व कमजोर हुँदा मुलुक कमजोर हुने भन्दै सवै सच्चिएर अघि बढ्नुपर्ने बताउनुभयो ।त्यस्तै पूर्वप्रधानन्याधिशहरुले संविधानमा जनताका भावनाहरुलाई अधिकतम रुपमा समावेश गरेर अघि बढ्नुपर्ने बताएका थिए ।

This image has an empty alt attribute; its file name is website-1.gif

Leave a Reply

Your email address will not be published. Required fields are marked *