November 25, 2022

संविधान,संघीयता, समावेशीता बचाउन गठबन्धन आवश्यक रहेको: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान,संघीयता, समावेशीता बचाउन गठबन्धन आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार बुटवलमा आयोजना गरिएको पाँच दलीय गठबन्धनको लुम्बिनी प्रदेश स्तरीय संयुक्त प्रशिक्षण भेलामा बोल्दै देउवाले मुलुकलाई अघि बढाउनका लागि निर्वाचन पछि गठबन्धनकै सरकार बन्ने पनि दावी गर्नुभयो । उहाले आगामी २० बर्षसम्म पनि यहि गठबन्धन कायम रहनसक्ने धारणा राख्नुभयो । देउवाले गठबन्धन दलभित्र शंका–उपशंका वा बहानाबाजी नचल्ने भन्दै एक–अर्कालाई विश्वास दिलाउने गरी काम गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाले पार्टीभित्र समान अवसर दिइने भन्दै अहिले टिकट नपाएकाहरुलाई अन्य स्थानमा अवसर दिने बताउनुभयो । त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले चुनावपछि गठबन्धन सकिन्छ भन्ने भ्रममा नपर्न सत्तारुढ दलका नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाले चुनावमा सत्तारुढ गठबन्धन विजयी भएर मात्र नपुग्ने भन्दै ‘प्रतिगमन’को खतरा रहँदासम्म गठबन्धनलाई निरन्तरता दिनुपर्ने जिकिर गर्नुभयो ।
त्यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली कहिल्लै नसुध्रिने बताउनुभयो । नेता नेपालले गठबन्धनले देशलाई निकै ठूलो संकटबाट बचाएको समेत दावी गर्नुभयो ।

त्यस्तै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन चुनावी तालमेलको रुपमा मात्र नभएको भन्दै प्रतिगामी र पछाडि फर्कनेहरूले पनि गठबन्धन बनाएको धारणा राख्नुभयो ।

Leave a Reply

Your email address will not be published.