December 5, 2022

संविधान मास्न खोज्नेलाई जनताले कुनै हालतमा विश्वास नगर्ने

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संविधान मास्न खोज्नेलाई जनताले कुनै हालतमा विश्वास नगर्ने बताउनुभएको छ । मंगलबार ललितपुरको लुभुमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दुई पटक संसद बिघटन गरेर संविधान मास्न खोज्नेलाई जनताले विश्वास नगर्ने बताउनुभएको हो । उहाले प्रतिगामी तत्व नेकपा एमाले र केपी ओली भएकाले चूनावमा भोट माग्ने अधिकार नराख्ने तर्क गर्नुभयो । अध्यक्ष नेपालले एमालेको सूर्य चिन्हमा ग्रहण लागेकाले चर्चा गर्नुपर्ने अवस्था नरहेको भन्दै अब कलम चिन्ह चम्किने दावी गर्नुभयो । सम्बोधनका क्रममा अध्यक्ष नेपालले झुक्किएर आफ्ना उम्मेदवारहरुलाई ‘सूर्य’ चिन्ह्रमा मात्र छाप हाल्नुपर्ने धारणा राख्नुभएको थियो । त्यसपछि उहाले सरी भन्दै ‘सूर्य’लाई अस्वीकार गरेर बानि नै बसेको बताउनुभएको थियो ।

उहाले महालक्ष्मी नगरमा गठबन्धनबीच तामलेम गर्ने प्रयास गरेपनि सफल हुन नसकेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.