November 27, 2022

संसदको निर्माणाधीन भवनको कामको गति बढाउन निर्देशन: अध्यक्ष तिमिल्सिना

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसदको निर्माणाधीन भवनको कामको गति बढाउन निर्देशन दिनुभएको छ । शुक्रबार सिंहदरबार परिसर भित्र संघीय संसदका दुई सदन राष्ट्रिय सभा तथा प्रतिनिधि सभाको बैठक कक्षलगायत विभिन्न भवनहरुको शुक्रबार स्थलगत अवलोकन गर्दै कामको गति बढाउन निर्देशन दिनुभएको हो । अध्यक्ष तिमिल्सिनाले हालसम्मको कार्यप्रगति सन्तोषजनक नरहेको बताउनुभयो । उहाले तोकिएको समयमा निर्माण सम्पन्न गर्न तीन सिफ्टमा काम गराउन निर्देशन दिनुभयो । उहाँले अहिलेको गतिले बाँकी समयमा यो आयोजना सम्पन्न हुने नदेखिने भन्दै २०८० असोजसम्म काम सम्पन्न गरेर उद्घाटन गर्नुपर्ने धारणा राख्नुभयो । २०७६ असोजमा निर्माण सुरु भएको यस आयोजनाको सुरुमा सम्पन्न अवधि तीन वर्ष तोकिएको थियो । हाल कोभिडका कारणले थप गरिएको ६ महिनासहित चैत्र मसान्तसम्म म्याद रहेको शहरी विकास तथा भवन डिभिजन विभाग अन्तर्गतको आयोजना समन्वय कार्यालयले जनाएको छ ।

आयोजना कार्यालयका अनुसार यस भवनको ठेक्का सम्झौता रकम ५ अर्ब २ करोड रहेको छ। कुल १५१ रोपनी क्षेत्रफलमा फैलिएको संघीय संसद प्राचिन स्वरुपमा निर्माण भइरहेको हो ।

Leave a Reply

Your email address will not be published.