April 15, 2024

संसदीय दलका नेताको निर्वाचनमा देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी

नेपाली कांग्रेस संसदीय दलका नेताको निर्वाचनमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिनुभएको छ । मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सभापति देउवा र महामन्त्री थापाले उम्मेदवारी दर्ता गराउनुभएको हो । सभापति देउवाको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थकमा उपसभापति पूर्णबहादुर खड्का रहनुभएको छ भने महामन्त्री थापाको प्रस्तावक डा शेखर कोइराला र समर्थकमा उपसभापति धनराज गुरुङ र महामन्त्री विश्वप्रकाश शर्मा रहनुभएको छ । संसदीय दलको नेतामा उम्मेदवारी दिएपछि महामन्त्री थापाले उम्मेद्वारी फिर्ता दिन पार्टी सभापतिलाई आग्रह गर्नुभयो । थापाले कांग्रेसको भविष्यका लागि र परिवर्तनको पक्षमा संसदीय दलको निर्वाचनमा भाग लिन सांसदहरुलाई पनि आग्रह गर्नुभयो । उहाले पार्टीका अन्य नेताहरुलाई पनि मुलुकको भविष्यप्रति चिन्ता गरेर आफूलाई सहयोग गर्न आग्रह गर्नुभयो । त्यस्तै शेखर कोइरालाले मुलुकको स्थायीत्वका लागि आफुले थापालाई सहयोग गरेको धारणा राख्नुभयो । कांग्रेस संसदीय दलको नेताको लागि बुधबार विहान ८ बजेदेखि १० बजेसम्म मतदान हुँदैछ ।

संसदीय दलको नेता चयनमा कांग्रेसबाट निर्वाचित भएका ८९ सांसदहरुले मतदान गर्नेछन् । नेपाली कांग्रेसमा संसदीय दलको नेताले नै सरकारको नेतृत्व गर्ने प्रावधान छ ।

One thought on “संसदीय दलका नेताको निर्वाचनमा देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी

  1. Certains logiciels détectent les informations d’enregistrement d’écran et ne peuvent pas prendre de capture d’écran du téléphone mobile. Dans ce cas, vous pouvez utiliser la surveillance à distance pour afficher le contenu de l’écran d’un autre téléphone mobile.

Leave a Reply

Your email address will not be published. Required fields are marked *