December 5, 2023

संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

This image has an empty alt attribute; its file name is vediography2-3.gif
Constitution amendment is country's need: DPM Yadav
This image has an empty alt attribute; its file name is vediography2-3.gif

जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । जसपा नेता नवराज सुवेदीको संयोजकत्वमा गठन गरेको निर्वाचन समितिका अनुसार पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका यादव सर्वसम्मतिरुपमा दलको नेता छानिनुभएको हो । नेता यादवलाई संसदीय दलको नेतामा चयन गरियोस् भन्ने प्रस्तावको समर्थकमा डा बाबुराम भट्टराई र प्रस्तावकमा महेन्द्रराय यादव हुनुहुन्थ्यो ।


सो दलको शनिबार बसेको संसदीय दलको बैठकमा प्रतिनिधिसभाका २० र राष्ट्रियसभाका दुई सांसद उपस्थित थिए । निर्वाचन आयोगले यादवले नेतृत्व गर्नुभएको जसपालाई आधिकारिता प्रदान गरिसकेको छ । आयोगले आधिकारिता प्रदान गरेपछि जसपा संसदीय दलको बैठक बसेको हो ।

This image has an empty alt attribute; its file name is dhyan-chaksu.gif

Leave a Reply

Your email address will not be published. Required fields are marked *