July 30, 2021

संसदीय समितिले सरकारलाई निर्देशन

एआइजीको दरबन्दी थप्ने निर्णय तत्काल फिर्ता लिन दिएको छ ।सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समिति बैठकले एआइजीको दरबन्दी थप्ने सरकारको निर्णय फिर्ता गर्न सरकारलाई निर्देशन दिएको हो । मन्त्रिपरिषद्ले केही दिनअघि एक जना एआइजी र तीन जना डिआइजी थप्ने निर्णय गरेको थियो । यसको केही दिनपछि डिआइजी विश्वराज पोखरेललाई आकस्मिक रुपमा एआइजीमा बढुवा गरिएको थियो ।समिति सभापति शशि श्रेष्ठले सम्बन्धित मन्त्रालयको प्रस्तावबिनै एआइजीको दरबन्दी थप्ने मन्त्रिपरिषद्को निर्णय फिर्ता दिन निर्देशन दिनुभएको हो ।

सभापति श्रेष्ठले हचुवामा एआईजीपी थप्ने निर्णय नगर्न समितिले निर्देशन दिएको बताउनुभयो ।समिति बैठकमा उपस्थित गृहमन्त्री रामबहादुर थापाले एआइजीको दरबन्दी थप्ने निर्णय बिधि र प्रक्रिया विपरित देखिएको गुनासो सांसदहरुबाट आएको भन्दै यस बिषयमा थप बुझ्ने बताउनुभयो । उहाले समितिले गरेको निर्देशनलाई आधार मानेर अगाडि बढ्ने पनि बताउनुभयो ।बैठकमा नेकपाका सांसदहरू लालबाबु पण्डित, पम्फा भुसाल, झपट रावल, कांग्रेसका दिलेन्द्र बडू, डिला संग्रौला लगाएतले सरकारको निर्णयको विरोध गरेका थिए । उनीहरुले बिधि र प्रक्रिया मिचेर सरकारले व्यक्तिलाई हेरेर अनुकुल निर्णय गरेको आरोप समेत लगाए ।बैठकमा केहि सांसदहरुले भने समितिको उक्त निर्णय प्रति आपत्ती जनाएका थिए । सांसद अमरेशकुमार सिंह रर प्रेम सुवालले सरकारको क्षेत्राधिकारको विषय भएको भन्दै प्रहरी संगठनको सरोकार र आवश्यकताका आधारमा निर्णय गर्न सक्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published.