



संसदीय सुनुवाई समितिले चैत २२ गते उजुरीकर्ताहरूसंग छलफल गर्ने भएको छ ।समितिको बिहीबारको बैठकले सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस नहकुलसुवेदी र कुमार चुडालविरुद्धका उजुरी खोल्दै चैत २२ गते छलफल र २५ गते संसदीय सुनुवाई गर्ने भएको हो ।
न्यायाधीश सिफारिस सुवेदीविरुद्ध ५ र चुडालविरुद्ध २ उजुरी परेको समिति सभापति लक्षणलाल कर्णले जानकारी दिनुभयो ।उहाले न्यायाधीश सिफारिस सुवेदीविरुद्ध योग्यता र अदालतमा न्यायाधीशका रुपमा काम गर्दा गरेका फैसलासँग सम्बन्धित उजुरी रहेको जानकारी दि नुभयो ।
