


प्रधानमन्त्री केपी शर्मा ओलीले ‘संसद्लाई केही नेताहरुको स्वार्थको बन्धक बनाइराख्नु जनादेश विपरीत हुन जाने’ देखिएकाले जनादेशमा जाने निर्णय गरिएको बताउनुभएको छ ।सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसदलाई बन्धक बनाइनु र यसका कारण जनताको भावनानुसार काम गर्न अगाडि बढ्नै नसक्ने स्थितिबाट मुलुकलाई निकास दिन नयाँ निर्वाचनको मिति तोकिएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले जनअनुमोदित नेकपाको वर्तमान सरकारलाई आफ्नै दलका नेताहरुले काम गर्न नदिने र दलभित्रको कचिङ्गलले प्रतिनिधिसभालाई पनि शिकार बनाउने अवस्था अन्त्य गर्न आफू प्रतिनिधिसभा विघटनको निर्णयमा पुगेको उल्लेख गर्नुभयो ।ओलीले नेकपा केही नेताहरुले स्वदेश तथा विदेशमा बसेर अस्थिरता छरेको आरोप लगाउनुभयो । दुई अध्यक्षबीच एकजना सरकार र पार्टीमा केन्द्रित हुने निर्णय भएपछि समस्या समाधन हुने अपेक्षा भएपनि सरकारलाई राम्रोसंग चल्न नदिएको उहाले बताउनुभयो । ओलीले पार्टी घोषणापत्रको मर्म अनुसार सरकारलाई हाँक्न खोजिएको दाबी गनुृभयो ।प्रधानमन्त्री आगामी निर्वाचनलागि तयार हुन र राष्ट्रिय एकताका साथ निर्वाचनमा सहभागी हुन अपिल पनि गर्नुभयो ।
