December 5, 2023

संसद्लाई प्रभावकारी रुपमा सञ्चालन गर्न भगीरथ प्रयत्न गरिने

सङ्कटका बेलामा नै नेतृत्वको परीक्षण हुन्छ : सभामुख सापकोटा « News24 :  Premium News Channel

सभामुख अग्निप्रसाद सापकोटाले संसद्लाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि भगीरथ प्रयत्न गरिने बताउनुभएको छ ।शनिबार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजको सातौँ अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले संसद्लाई जीवन्त बनाउन आफ्नो ब्रह्मले निर्णय गर्ने बताउनुभयो । जीवनसाथीभन्दा जनप्रतिनिधिमाथि विश्वास गरिएको हुनाले त्यसैअनुरुप भूमिका निर्वाह गर्न प्रयत्न गर्ने उहाको भनाई छ ।

समस्या, चुनौती, वादविवाद, बहस हुँदै समाधानमा जाने भएकाले अहिले त्यही मार्गमा जान लागेको उहाँले बताउनुभयो । समाजले संसदीय मामिलामा अनुसन्धानात्मक पत्रकारिता गर्ने विश्वास पनि सभामुख सापकोटाको छ ।कार्यक्रममा समाजले प्रकाशन गरेको पुस्तक ‘हाम्रा माननीय’ को सभामुख सापकोटाले विमोचन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *