December 3, 2022

संसद अवरुद्ध भइरहेकाले बिधयेकहरु अघि बढाउन नसकिएको

कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले संसद अवरुद्ध भइरहेकाले महत्वपूर्ण बिधयेकहरु अघि बढाउन नसकिएको बताउनुभएको छ । सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा महत्वपूर्ण बिधयेकहरु अघि बढाउनका लागि पनि संसद सूचारु हुनुपर्ने बताउनुभयो । उहाले लामो समय सदन अवरुद्ध हुदा बिभिन्न समस्या र कठिनाई भएको भन्दै संसद् सुचारु गर्न राजनीतिक सहमति आवश्यक रहेको उल्लेख गर्नुभयो । नागरिकता सम्बन्धी विधेयक संसदबाट पास हुन नसक्दा जटिलता थपिँदै गएको भन्दै बिधेयकका बारेमा भएका असहमतिलाई सदनबाटै टुङ्गो लगाउनुपर्ने धारणा राख्नुभयो । कुनै नागरिक अनागरिक हुन नसक्ने भन्दै उहाले नागरिकता दिने दायित्व सरकारको भएको र यसमा देखिएका जटिलता फुकाउनका लागि पनि राजनीतिक दलहरुबीच सहमति हुनुपर्ने उल्लेख गर्नुभयो ।

बैठकमा गृहसचिव टेकनारायण पाण्डेले नागरिकता सम्बन्धी समस्या अत्यन्तै जटिल रहेको भन्दै यसलाई चाँडोभन्दा चाँडो टुङ्गोमा पुराउनुपर्ने बताउनुभयो । बैठकमा सभापति कृष्णभक्त पोखरेलले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुलाई नागरिकतासम्बन्धी विधेयक संसद बैठकमा पेश गर्न आग्रह गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.